केही लिबर्टेरियन भनाइहरु - १
- जुन सरकारले पिटरसँग लुटेर पौललाई दिन्छ उसले पौलको समर्थनमा सधै भर पर्न मिल्छ । - George Bernard Shaw
- जो क्षणिक सुरक्षाका लागि आफ्नो आधारभूत स्वतन्त्रता त्याग्न तयार हुन्छन् ती न त स्वतन्त्रताका हकदार हुन्छन् न त सुरक्षाका । - Benjamin Franklin
- यदि तिमी गलत तथा अनुत्तरदायी तरिकाले रोज्न स्वतन्त्र छैनौं भने तिमी स्वतन्त्र नै छैनौं । -Jacob Hornberger
- सरकारलाई पैसा र श्ाक्ति दिनु भनेको तन्नेरीहरुलाई विस्की र कारको साँचो दिनु जस्तै हो । -P.J. Rourke
- राज्य जति भ्रष्ट छ त्यति नै धेरै कानून लाद्न खोज्छ । -Tacitus
- एउटा बुद्धिमान र मितव्ययी सरकार जसले जनताहरुलाई एकअर्कालाई हानी पुर् याउनबाट रोक्छ र यस बाहेक जनतालाई आफ्ना उद्यम र प्रगतिका लागि काम गर्न स्वतन्त्र छोडिदिन्छ र मजदुरको मुखबाट उसले कमाएको आहारा खोस्दैन । यो नै असल सरकारको व्याख्या हो । -Thomas Jefferson
- प्रजातन्त्र भन्ने कुरा दुई ब्वासोँ र एक भेडा बीच खाना के खाने भन्ने विषयमा मतदान भएको
- भन्दा फरक हुनुपर्छ । -James Bovard
- स्वतन्त्रताको रक्षाका लागि अतिवाद अनैतिक होइन् । न्यायको खोजीको समयमा मध्यमभर्गी सोच नैतिक होइन् । -Barry Goldwater
- कुनै नागरिकलाई ऊ आफैंबाट बचाउनु न त सरकारको दायित्व हो न त कानूनी प्रणालीकै । -Justice Casey Percell
- यो देशलाई चाहिएको भनेको अलि बढी बेरोजगार राजनीतिज्ञहरु हो अरु केही होइन । -Edward Langley
- सरकार गलत भएका बेला आफू सही हुनु खतरनाक हुन्छ । -Voltaire
- अनावश्यक कानूनले आवश्यक कानूनलाई कमजोर बनाउँछन्। -Montesquieu
- स्वतन्त्रता भन्दा तानाशाहीपन जहिले पनि बढी संगठित हुन्छ । -Charles Peguy
- वैदेशिक सहायता धनी देशका गरिब जनताको धन गरिब देशका धनी जनतामा सार्ने माध्यम हो । -Douglas Casey
एकदम सटीक र सार्थक भनाइहरु! यो संकलनका लागि धन्यबाद! लिबर्टेरियन विचारका बारेमा ज्यादै थोरै जानेको मजस्ताका लागि धेरै जानकारीमूलक हुन्छन् यस्ता भानाइहरु।
ReplyDeleteThank you Basantji!
ReplyDeleteI will try to post more about libertarian thoughts in future!!