अधिनायकवादी अर्थव्यवस्थामा किन आर्थिक मन्दी आउँदैन
(Leftists and authoritarians around the world are touting the global financial crisis as a byproduct of free market capitalism and increased state control of the economy as the solution. However, their claims are miles away from truth. I have translated the article called "The Alleged Absence of Depressions under Totalitarianism"by Ludwig Von Mises as an attempt to shed lights on this issue.)
धेरै समाजवादी लेखकहरु आर्थिक संकट र व्यापारिक अवसादहरु पूँजीवादी अर्थव्यवस्थामा अन्तर्निहित अवगुणहरु हुन भनेर जोड गरिरहेका हुन्छन् । समाजवादी अर्थव्यवस्था भने यस कूरीतिबाट अछुतो रहने उनीहरुको जिकिर हुन्छ ।
तर पहिल्यै पनि स्पष्ट भैसकेको र फेरि पनि देखापर्ने एउटा कुरा के हो भने बरोबर भइराख्ने व्यापारिक घटबढ एउटा स्वतन्त्र बजारको परिधिबाट उत्पन्न हुने चीज नभएर स्वतन्त्र बजारले तय गर्नेभन्दा कम उचाइमा ब्याजदर राख्नलाई सरकारद्वारा गरिएको हस्तक्षेपको उपज हो । यस विन्दुमा आएर अब हामीले समाजवादी योजनाको कथित स्थिरताको बारेमा मात्र छलफल गरे पुग्छ ।
हामीले यहाँ के बुझन जरुरी छ भने आर्थिक संकट उत्पन्न हुनुको कारण बजारको प्रजातान्त्रिक अभ्यास हो । जब उद्यमीले काममा लगाएका उत्पादनका कारकहरु प्रति उपभोक्तालाई चित्त बुझ्दैन तब उनीहरु आफ्नो गुनासोलाई कुनै सामान खरिद गर्ने वा नगर्ने व्यवहारबाट अभिव्यक्त गर्दछन् । कृत्रिम रुपमा गिराइएको बजारको कुल ब्याजदरबाट दिग्भ्रमित भएका उद्यमीहरु सर्वसाधारणलाई संतुष्टि प्रदान गर्न चाहिने तत्कालका आवश्यकता पूरा गर्ने क्षेत्रहरुमा लगानी गर्नबाट चुक्छन् । अनि जब उधारोको विस्तार अन्त्य हुन्छ गल्तीहरु उजागर हुन्छन् । उपभोक्ताको व्यवहारले व्यापारीहरुलाई आफ्नो कि्रयाकलाप उपभोक्ताको प्राथमिक चाहनातर्फ समायोजन गराउन बाध्य तुल्याउँछ । अर्थतन्त्र उचाइँमा हुदाँ भएका गल्तीहरु सच्याउने र उपभोक्ताको इच्छाहरुतर्फ समायोजन गर्ने प्रकि्रयालाई नै आर्थिक मन्दी (अवसाद) भनिन्छ ।
तर एउटा समाजवादी अर्थव्यवस्थामा केबल सरकारको मत मात्रले स्थान पाउँछ र जनताहरु कुनै वस्तु वा सेवाको मूल्यबारे आफ्नो मत अभिव्यक्त गर्ने कुनै पनि माध्यमबाट विाचत हुन्छन् । एउटा तानाशाहले कति स्रोत चालु खपतलाई छुट्याउने र कति अतिरिक्त लगानीको लागि राख्ने भनेर गरेको निर्णयलाई जनताले समर्थन गर्छन कि गर्दैनन् भनेर मतलब गरिराख्नु पर्दैन । यदि तानाशाहले कम खपत गर्ने धेरै लगानी गर्ने निर्णय गर्दछ भने जनताहरु थोरै खान र जिब्रोमा ताल्चा लगाउन बाध्य हुन्छन् । कुनै पनि संकट आइपर्दैन किनकी जनताहरुसँग आफ्नो असन्तुष्टी व्यक्त गर्ने अवसर नै हुँदैन ।
जहाँ कुनै व्यापार नै हुँदैन त्यहाँ व्यापार राम्रो हुने वा नराम्रो हुने हुँदैन । त्यहाँ भोकमरी तथा कुपोषण होला तर आर्थिक संकट हुँदैन । आर्थिक संकट जुन बजार अर्थतन्त्रको समस्या हल गर्ने एउटा प्रकिया हो । जहाँ व्यक्तिहरु रोज्नका लागि स्वतन्त्र छैनन त्यहाँ उत्पादन गतिविधि निदेर्शित गर्नेहरुको प्रकियाबिरुद्ध आवाज उठाउन उनीहरुले पाउँदैनन् । पुँजीवादी देशहरुमा पनि जनमतले सस्तो मुद्राको नीतिलाई समर्थन गर्ने गरेको पाइन्छ । जनमानस कृत्रिम विज्ञहरुको सस्तो मुद्राले विना कुनै खर्च सबैलाई सम्रिद्ध बनाउँछ भन्ने गलत दावीहरुले गर्दा दिग्भ्रमित भएको हुन्छ । उनीहरुले याद गर्दैनन् कि लगानीलाई त्यस हदसम्म मात्र विस्तार गर्न सकिन्छ जुन हदसम्म बचतको माध्यमबाट पूँजी जम्मा भएको हुन्छ । उनीहरु वित्तिय लहडको परी कथाले गर्दा झुकिन्छन् । तर वास्तविकतामा मानिसहरुको व्यवहारले महत्व राख्छ परी कथाले होइन। यदी मानिसहरु आफ्नो चालु खपत कम गरेर बढी पैसा बचत गर्न तयार छैनन् भने लगानीको विस्तारका लागि चाहिने दिगो माध्यमको अभाव हुन्छ । यो माध्यम पैसा छापेर वा बैंकको खाताको कर्जा (क्रेडिट) ले उपलब्ध गराउन सक्दैन ।
यो साधारण घटना हो कि व्यक्तिले मतदाताको सामर्थ्यमा गर्ने काम उसले बजारमा गर्ने व्यवहारको विपरीत हुन्छ । त्यसैले उदाहरणका लागि उसले यस्ता कार्यको लागि मत हालीराखेको हुन्छ जसले कुनै एउटा वा सबै वस्तुको मूल्य वृद्धि गरिराखेको हुन्छ जबकी एउटा उपभोक्ताको रुपमा भने ऊ यी मूल्यहरु कम भएको हेर्न चाहन्छ । यस्तो आपसमा विरोधी व्यवहारहरु अज्ञानता र गल्तीका कारण भैराखेका हुन्छन् । मानव स्वभावका कारण यस्तो भैरहन्छ । तर एउटा सामाजिक संस्था जसमा व्यक्ति न त मतदाता हो न त के्रता हो वा जहाँ मतदान र खरीद देखावटी मात्र हुन्छन् त्यहाँ यस्ता कुराहरु अनुपस्थित हुन्छन् ।
Author: Ludwig Von Mises
Translation: Surath Giri