अफ्रिका किन गरीब भयो ? भाग ---३
भाग १ यहाँ छ:
http://www.surathgiri.com/2011/07/blog-post_30.html
भाग २ यहाँ छ:
http://www.surathgiri.com/2011/08/blog-post.html
Source: http://www.wcr10.co.uk/ |
...उक्त समयमा अफ्रीकाको संस्थागत विकासको गति ज्यादै फरक थियो । ईथोपिया एक्लो र स्थिर थियो भने अन्यत्र सम्पत्तीको अधिकार को असुरक्षा र दासको व्यापार ज्यादै चर्किएको थियो जस कारणले राजनैतिक बिकासको बाटो अवरुद्ध भयो र कन्गो जस्ता राज्यहरु जो लगानी नभईकन दासप्रथामा निर्भर थिए को उत्पत्ती हुन गयो । अफ्रीकामा सुरु हुदैं गएको आर्थिक पछौटेपनले यसलाई उपनिवेशको खतरामा पार्न थाल्यो जसले गर्दा एक किसिमको अधिनायकवाद अर्को किसिममा परिणत हुँदै गयो । पछि सम्पत्तीको अधिकार सापेक्ष अवस्थाको सिर्जना गर्यो । यसको उपर्युक्त उदाहरण सिएरा लिओन हो जसको बेलायती उपनिबेशको रुपमा भएको अस्तित्व भनेको महत्वहिन अस्तित्व थियो । १९६१ मा स्वतन्त्रताको ६ वर्ष पछि सिएरा लिओन साईका स्टिभेनको अधिनमा पुग्यो जस्ले रेलको विस्तार देशको दक्षिण भाग तर्फ गरे र आफ्नो बिरोधी बढी भएको मेडल्याण्ड क्षेत्र लाई एक्ल्याउन अरु ट्र्याक र रेल्गाडी चै बिक्री गरिदिए । त्यसले गर्दा भएका सडकहरु भात्किदै गए बिद्यालयहरु पनि टुकृए । राष्ट्रीय टेलिभिजनले आफ्नो प्रशारण सन् १९८७ मा रोक्यो ।
द सिएरा लिओन प्रड्युस मार्केटिङ बोर्डु ले खेती योग्य जमिन जफत गर्न थाल्यो । जब केन्द्रिय बैंकका गभर्नरले आर्थिक अनियमितताको बारेमा १९८० मा उजुर गरे उनलाई केन्द्रिय बैंकको कार्यालयको छतबाट खसालेर हत्या गरियो ।स्टिभेन र उनका उत्तराधिकारी जोसेफ मोमोहले एकाधिकारको सुरु गरे सम्पत्तीको जफत गरे अनि हिराको खजाना लुटे । १९९१ मा यस्तो शाषन सत्ता पतन भयो र गृहयुद्धको शुरुवात भयो । आज सिएरा लिओनको धेरै भाग १४९ प्रमुखहरुले संचालन गर्दछन् जो शाषक घराना बाट आजिवनका लागि निर्वाचित हुन्छन् । जनताको यस्तो प्रमुख र शाषक घराना सँग सम्बन्ध हुंदैन र जनताको सम्पत्ती चाँडै कब्जा हुन पुग्छ ।सिएरा लिओनको प्रति व्यक्ति आय ५० वर्ष अघीको भन्दा धेरै कम छ र संसारको अरु देशको तुलनामा धेरै कम बाँच्नॆ उमेर भएका नागरिक बसोवास गर्दछन् ।
सब-साहारन अफ्रीकाको गरिबी लामो समय देखि देखा परिरहेको छ । तर यसको उत्पत्ति र निरन्तरतामा भुगोलको कुनै दोष छैन ।
Saika Stevens |
हामी
यस विषयमा के गर्न सक्छौ त ?
सर्वप्रथम वैदेशिक सहायता बारेमा स्पष्ट हुनु आवश्यक छ वैदेशिक सहायता समस्याको समाधान पनि होइन न त यो कारण पनि हो । १९७० र १९८० को दशकमा जब स्टिभेनले सिरिया लिनोनलाई दुगर्ति तर्फ धकेलिरहेका थिए त्यसबेला सिरिया लिनोनले वैदेशिक सहायता पाएको थियो । यसता सहायताहरु विशेषगरि भ्रस्ट राजनितिज्ञले छायाँमा पार्ने कार्य गछर्न । वैदेशिक सहायताले यसता भ्रस्ट राजनितिज्ञहरुलाई श्रोत साधनको दुरुपयोग गर्न मद्दत पुर्याउँछ । अफ्रीकाको आर्थिक समस्याको मुल जड वैदेशिक सहायता आउनु भन्दा धेरै पहिलेको हो ।
सर्वप्रथम वैदेशिक सहायता बारेमा स्पष्ट हुनु आवश्यक छ वैदेशिक सहायता समस्याको समाधान पनि होइन न त यो कारण पनि हो । १९७० र १९८० को दशकमा जब स्टिभेनले सिरिया लिनोनलाई दुगर्ति तर्फ धकेलिरहेका थिए त्यसबेला सिरिया लिनोनले वैदेशिक सहायता पाएको थियो । यसता सहायताहरु विशेषगरि भ्रस्ट राजनितिज्ञले छायाँमा पार्ने कार्य गछर्न । वैदेशिक सहायताले यसता भ्रस्ट राजनितिज्ञहरुलाई श्रोत साधनको दुरुपयोग गर्न मद्दत पुर्याउँछ । अफ्रीकाको आर्थिक समस्याको मुल जड वैदेशिक सहायता आउनु भन्दा धेरै पहिलेको हो ।
सब-साहारन अफ्रीकन समाजलाई आर्थिक तवरले सहि मार्गमा ल्याउन तीन मुख्य कुरा आवश्यक छ ।
सर्वप्रथम सब-साहारन अफ्रीकीहरुलाई अझ बढी आर्थिक अवसर दिइनुपर्छ त्यसको मतलब उनीहरु माथि पैसा खनाउनु मात्र होइन । अफ्रीकीहरुलाई आर्थिक अवसर दिनु भन्नाले अफ्रीकाको निर्यात तथा कारोबारलाई विश्वको लागि खुला पार्नु हो । सत्रौ शताब्दिमा बेलायती कारोबारले यस्ता व्यक्ति विशेषलाई बलियो र विकासशिल बनाउने गरेको थियो जसले अन्ततः राजनिति र साम्पत्ति अधिकार परिवर्तन गरेका थिए । यो सम्भवत अफ्रीकामा पनि हुन सक्छ ।
दोस्रो अर्थशास्त्रले परराष्ट्र नितीमा ठूलो भूमिका खेल्नु पर्छ । अफ्रीका केन्द्रीत परराष्ट्र निती आर्थिक विकासमा केन्दित नभई अल्पकालिन राजनितीले डोरयाएको देखिन्छ । अफ्रीकाको समृद्धीलाई प्रोत्साहन दिनु असल दिर्घकालिन परराष्ट्र निती हो ।
अन्तमा विकासको सहायताले समाजको राजनितिक परिघटनाहरु परिवर्तन गर्न सहयोग गर्नुपर्छ । मेरो यस भनाईको मतलब प्रजातन्त्र लादनु भन्ने होइन । तर पनि नयाँ प्रजातन्त्रलाई सहि ढङ्गले संचालन गर्ने हो भने यो राम्रो कुरा हुन सक्छ । ऐतिहासिक प्रमाणले के दर्शाउछ भने समाजमा शक्तिहरु सन्तुलित भएमा राम्रो राजनितिक र आर्थिक सस्थांहरु उब्जिन्छन । यस लक्ष्य प्राप्तीका लागि हामीले नागरिक समाजको सहायताका साथै संचार माध्यमको प्रर्वधन गर्न आवश्यक छ ।अफ्रीकाको लागी कागजमा सिमित रहने व्यवस्था भन्दा यि राणानितीहरु बढी उपायोगी हुन्छन ।
समाप्त
लेखक : जेम्स रबिन्सन
अनुवाद : सुरथ गिरी