तपाईंले पढ्न नहुने १२ पुस्तकहरु
देश र समाजको समय , काल र परिस्थिती हेर्दा निम्न पुस्तकहरु चै पढ्न नहुने जस्तो लागेकाले यहाँ प्रस्तुत गरेको छु । हुनत यि मध्य धेरै पुस्तक नेपालमा नपाईएलान तर पनि पाएमा पनि यि पुस्तकहरु झुक्किएर पनि नपढ्नु होला । यि पुस्तकहरु पढ्नाले तपाईंमा पूँजीवादी , अराजकतावादी , प्रतिकृयावादी, सामन्ती , देश भक्तीहिन (तर बिबेकपूर्ण ) सोचहरु आउन सक्छन । यि पुस्तकमा गरिएका बिचारहरुले तपाईंलाई सरकार , 'महान' नेताहरु र 'पवित्र' समाजवाद , राज्य माथि प्रश्न उठाउन उत्प्रेरित गर्न सक्छन र नेपालमा बिबेकपूर्ण कुराहरु गर्नु स्वास्थ्यको लागि हानीकारक हुने भएकाले यि पुस्तकहरु नपढ्नुहोला ।
१) द रोड टु सर्फडम :

२) साम्यवाद: एक ईतिहास:
साम्यवादको नाममा गएको शताब्दीमा संसारभरका करिब १० करोड मानिसहरुले ज्यान गुमाए ।कुनै वादको नाममा सबैभन्दा धेरै मानिसहरुले ज्यान गुमाएको शायद एसैमा होला । तर नेपालमा सतप्रतिशत राजनैतीक दलहरु कि त समाजवादी कि त साम्यवादी भएकाले समाजवाद र साम्यवादको गुणगान बाहेक अरु कुरा कमै सुनिन्छ । यस् पुस्तकमा लेखकले साम्यवादी चिन्तन कसरी सुरु भयो , यो कसरी र कहाँ कहाँ प्रयोगमा आयो र यस्ले कती मानबिय क्ष्यती पुर्यायो भनेर वर्णन गरेका छन । यो पुस्तक पढ्दा साम्यवादको कथित "असलपन" र हाम्रा नेताहरुको फुस्रा गफमाथी प्रश्न गर्न मन लाग्छ जुन नेपालको अहिले परिस्थितीमा गर्न नहुने काम हो । त्यसैले यो पुस्तक पनि नपढ्नुहोला ।
३) एट्लस श्रग्ड:
आयन र्यान्डको यो विवादास्पद पुस्तकले धेरै मानिसहरुलाई "व्यक्तिवादी" हुन र आफ्नो र आफ्नो व्यक्तिगत उपलब्धी प्रती गर्ब गर्न प्रेरित गर्छ । साथै समाज , समुहका नाममा कसरी संसारभर श्रीजनाकर्ताहरुलाई निरुत्शाहित गरिन्छ र कुनै श्रीजना गर्ने भन्दा तेस्लाई निरुत्शहित गर्ने वा सर्जकको उपलब्धी बाड्ने मान्छे हरु सधैं माथि पर्छन भन्ने कुरा देखाइएको छ ।
४) फ्री टु चुज:
बिख्यात अर्थशास्त्री मिल्टन फ्रिद्म्यानको यो पुस्तकले स्वतन्त्र बजारले मानिसहरुले कसरी छनोट गर्ने स्वतन्त्रता दिन्छ र यस्ले आर्थिक ब्रिद्धीमा कसरी टेवा पुर्याउछ र कसै सरकारी हस्तछेपले गरीबी बढाउछ भनेर व्याख्या गरिएको छ । मानिसहरुलाई स्वतन्त्र छोड्नु हुँदैन , सरकारले नियन्त्रणमा राखेर अर्थतन्त्रलाई डोर्याउनु पर्छ भन्ने सोच हावी भएको अवस्थामा यो पुस्तक पढ्नु दिमागलाई झट्का दिनु सरह हुन्छ त्यसैले यो पुस्तक पनि पढ्न नहुने पुस्तक हो ।
५) इन डिफेन्स अफ ग्लोबल क्यापिटलिस्म:
धनी र गरीब बिचको खाडल बढीरहेको छ , धनी धनी भईरहेका छन , गरीब झन गरीब भईरहेका छन । र यो सबै पूँजीवादको बिश्वब्यापिकरणले गर्दा भएको हो भन्ने कुरा प्राय: सुनिने कुरा हुन । तर यस् पुस्तकमा ईतिहासविद तथा राजनीतिशस्त्री युहान नोर्बर्गले सत्य के हो त भनेर आफ्नो अनुसन्धानको नतिजाहरु प्रस्तुत गरेका छन । यस् पुस्तकका अनुसार धनी हरु अझै धनी भएको कुरा साचो हो तर गरीबहरु पनि धनी हुँदैछन र यसो हुनुमा मुख्य श्रेय पूँजीवादको विश्वब्यापिकरणलाई जान्छ।
६) दि एलुसिभ क्वेस्ट फर ग्रोथ:

७) फ्याक्ट्स, नट फिअर:

८) इकोनमिक्स इन वन लेसन:
आधारभूत आर्थिक सिद्धान्तहरुलाई सरल रुपमा प्रस्तुत गरिएको यो पुस्तक पढ्नाले राजनीतिग्यहरुको चिप्ला कुराहरु हानिरहित हुँदैनन भन्ने कुरा सिकिन्छ । नेताहरुले सित्तैमा केही दिन्छु भन्दैमा सित्तैमा पाइदैन हरेक कुरको केही न केही लागत हुन्छ , न्युनतम ज्याला दर निर्धारण गर्नाले बेरोजगारी बढ्छ , सरकारी खर्च बध्नाले अर्थतन्त्रलाई नकरत्मक असार पर्छ भन्ने जस्ता कुरा गर्ने यो पुस्तक पढ्नु बिबेकशिलताका लागि राम्रो हुने भएता पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । तेसैले यो पुस्तक पनि नपध्नु होला ।
९ ) दि अदर पाथ:
पेरुको बिद्रोही समुह "शाइनिङ पाथ" लाई लक्षित गरी लेखिएको यो पुस्तकमा बिख्यात अर्थशस्त्री हर्नन्डो डि सोटोले पेरु क्रान्तिको अभावले गर्दा वा शामन्तवादले गर्दा गरीब भएको होइन बरु नियन्त्रणमुखी सरकार, राजनीतिक अस्थिर्त र सबै जनता शहजै आर्थिक कृयाकलापमा भाग लिन बाट बन्चित गराउने झन्झतिला कनून , नितीनियम , कर्मचारीतन्त्रले गर्दा भएको हो भन्ने कुरा अनुसन्धान शहित देखाएका छन । पेरुकै जस्तो आर्थिक र राजनीतिक संरचना भएको नेपालमा पनि शायद यिनै कारणले गर्दा गरीबी रहिरहेको हो कि भन्ने बिचार आउन सक्ने हुनाले यो पुस्तक पढ्नु राम्रो नहोला ।
१० ) १९८४:
जर्ज अर्वेलको यो पुस्तकले सरकार सर्वब्यापी भएको ठाउँमा मानिसहरु कसरी दासतुल्य जीवन जिउन वाध्य हुन्छन भन्ने कुरा देखाएको छ । सन १९४८ मा लेखिएको यो पुस्तकले सोभियत रुसको जनजीवनको अचुक बर्णन गरेको पाइएको थियो । रुसको जस्तै समाज निर्माणको पारीकल्पना गर्ने हरुको लागि यो पुस्तक र एस्मा देखाईएका कुराहरु अपाच्य हुन सक्छन । तेसैले यो पुस्तक पढ्नु पनि ठीक होइन ।
११ ) एनिमल फार्म:
यो पुस्तक शायद तपाईंले पढिसक्नु पनि भयो होला । तर बालकथाको रुपमा भन्दा राजनीतिक दृष्टिकोणबाट हेरिनु पर्ने यस् पुस्तकमा लेखकले सबैजना बराबर हुने साम्यवादको पारीकल्पनाको बिरोधाभासलाई ब्यङ्यात्मक रुपमा प्रस्तुत गरेका छन । "सबै जनावर समान हुन्छन तर केही जनावर अरु जनावर भन्दा बढी समान हुन्छन ।" यो उक्ती नेपालको पारीप्रेक्ष्यमा पनि साचो भएको पाईन्छ । त्यसैले यो पुस्तक पनि पढेर बिचार गर्नका लागि अनुपायुक्त छ ।
१२ ) हाउ द वेष्ट ग्रिउ रिच:
हामी प्राय: को बुझाईमा पश्चिमा राष्ट्रहरु सबै अरुलाई लुटेर धनी भएका हुन । साम्रज्यवादी अमेरिका , बेलायत जस्ता देशहरु नेपालजस्ता देश्हरुलाई लुटेरनै धनी भएका हुन भन्ने सोचाइ ब्याप्त छ । तर प्रश्न उठ्छ तेसो हो भने हामी चै अझै गरीब किन छौ त ? अनी हङकङ , ताईवान , सिङ्गापुर जस्ता देश्हरु चै हामीलाई नलुटीकन कसै धनी भए त । यस् पुस्तकमा पश्चिमा देशहरु कसरी चराम गरीबीको खाडलबाट मुक्त हुन र अथाह सम्पत्ती श्रीजना गर्न सफल भए भन्ने कुराको वर्णन गरिएको छ । यस् पुस्तकमा ईतिहासविद रोजेन्बर्गले पश्चिम धन उपार्जन गर्ने कार्यको सम्मान गरेर अनी आर्थिक कृयाकलापलाई सहयोग पुर्याउने संस्थागत सम्यन्त्रहरु को कारणले बिकासित भए भनेर तर्क गरेका छन जुन नेपाली समाजलाई पाच्य नहुन सक्छ । त्यसैले यो पुस्तक नपढ्नु होला ।