जुजुमानका साहसिक कार्यहरु - भाग ३५ (महान अन्वेषक)
अर्थशार्त्री केन स्कुल्ल्यान्डद्वारा लिखित, नेपाली भाषा सहित गरेर विश्वका ४७ भाषामा अनुवाद भैसकेको "दि एड्भेन्चरस अफ जनाथन गलिबल : अ फ्री मार्केट ओडीसी" नामक पुस्तकको नेपाली अनुवादको पोड्कास्ट्को यस ३५औं भागमा जुजुमानलाई डुबी र जमुनाले उनिहरुको महान अन्वेषककोमा लिएर जान्छन । जुजुमानले उनिहरुलाई प्रश्नै प्रश्न सोधेर हैरान पारे पछी उनिहरुले त्यसो गरेका हुन । ती महान अन्वेषकले मानिसहरुलाई "शान्ती नै युद्ध हो, बुद्धी अज्ञानता हो, स्वतन्त्रता दासत्व हो" भनेर सिकाउँदा रहेछन । मानिस हरुचै विना कुनै प्रश्न उनले भनेको मान्दा रहेछन । तर हाम्रो जुजुमान चानचुने मानिस होईनन । उनले महान अन्वेषकलाई पनि प्रश्न गर्दी हाल्छन ।
ती महान अन्वेषकले किन त्यसो भनेका रहेछन ? अनि जुजुमानको प्रश्न को जवाफ उनले कसरी दिन्छन त ? जान्नको लागि तलको पोड्कास्ट सुन्नुहोला । सुनेर प्रतिकृया पनि दिनुहोला ।
पोड्कास्ट सुन्नका लागि तल क्लिक गर्नुहोस ।
पोड्कास्ट डाउनलोड गर्नका लागि तल क्लिक गर्नुहोला।
यस पोड्कास्टका अरु अङ्क सुन्नको लागि तल क्लिक गर्नु होला ।