डा. हर्क गुरुङको "मैले देखेको नेपाल": केही रोचक प्रसङ्गहरू
भूगोलविद्, योजनाविद्,मानवशास्त्री,चित्रकार, राजनीतिज्ञ, संरक्षणविद् लगायतका आफ्नो विभिन्न चिनारी बनाउन सफल डा. हर्क गुरुङले लेखेको पुस्तक 'भिन्नेट्स अफ नेपाल' को नेपाली अनुवाद 'मैले देखेको नेपाल' नेपाल जान्नका लागि पढ्नै पर्ने पुस्तकहरूको सूचीमा अनिवार्य पर्ने पुस्तक हो। धेरै लेख तथा व्यक्तिहरूबाट सिफारिस आएपछि मैले हालै यो पुस्तक पढेर सकें । यो पुस्तक डा. गुरुङले सन् १९६३ देखि १९७८ को अवधिमा नेपाल कुनाकाप्चा, पहाड-कन्दरा भ्रमण गर्दाको अनुभवहरू सँगालिएको नियात्रा हो। तर नियात्राको उपाधि मात्र दिँदा यो पुस्तकलाई न्याय हुँदैन। यात्राको संस्मरणसँगै गुरुङले बाँडेका भूगोल, इतिहास, परम्परा तथा संस्कृतिसम्बन्धी जानकारीले यो पुस्तकलाई एउटा नेपाल अध्ययनको गहकिलो सन्दर्भ सामग्री बनाएको छ। तथापि, यस पुस्तकमा चर्चा गरिएका स्थानहरू पुग्नुभएको छैन वा ती जातजातिहरूका बारेमा जानकारी र चाख छैन भने चाहिँ यो पुस्तक निकै पट्यारलाग्दो हुनसक्छ।
आजको यस ब्लगपोस्टमा म यस पुस्तकमा मलाई रोचक लागेका केही प्रसंगहरू यहाँ बाँडन गइरहेको छु। कृपया पढेर प्रतिक्रिया दिनुहोला। बृहत् पुस्तकबाट यी केही अंशहरू मात्र हुन् । तपाईंलाई पूरै पुस्तक पढ्न लागेमा हिमाल पुस्तकले निकालेको यो पुस्तक काठमाडौँका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।
आजको यस ब्लगपोस्टमा म यस पुस्तकमा मलाई रोचक लागेका केही प्रसंगहरू यहाँ बाँडन गइरहेको छु। कृपया पढेर प्रतिक्रिया दिनुहोला। बृहत् पुस्तकबाट यी केही अंशहरू मात्र हुन् । तपाईंलाई पूरै पुस्तक पढ्न लागेमा हिमाल पुस्तकले निकालेको यो पुस्तक काठमाडौँका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।
१. हर्क गुरुङको उपद्रोपूर्ण बाल्यकाल
"अर्कोपल्ट, ठूलाका जेठा दाजु भारतीय फौजबाट छुट्टी मा घर आएका बखत ठूलाले फेरि सिकार खेल्न जाने मौका पायो। जेठा दाजुले नयाँ बन्दुक किनेर ल्याएका थिए
त्यस बेला सिकार खेल्ने समय नभए तापनि उनलाई आफ्नो तारो हिकाउन सक्ने सीप
देखाउने उत्सुकता थियो । एक दिन ठूलाले गाउँको नजिकै बारीमा कलिलो मकै खादै
गरेको लङ्गुर बाँदरलाई देखाइदियो। जेठा दाजु अति खुसी भए । ठूलालाई साथमा
लिएर जेठो दाजु नयाँ बन्दुक लिई त्यस लङ्गुरलाई हिर्काउन हिँडे । बन्दुक
लिएको मान्छे देखेर त्यो लङ्गुर चाँडोचाँडो नजिकैको जङ्गलमा पसी एउटा अग्लो
रूखमा चढेर बस्यो। ठूलालाई पछाडि नै बस्न भनेर जेठा दाजु चलाकीपूर्वक त्यस
रूखतिर बढ्न थाले । आफूतिर त्यस बाँदरको ध्यान आकर्षण गरी राख्न ठूलाचाहि
उफ्रदै-नाच्दै र अनुहार बिगार्दै बस्यो। यो पडयन्त्र काम लाग्यो। ठूलाले
ढ्याङ्ग आवाजसँगै त्यो बाँदर भुइँमा खसेको मात्र देख्यो। दुई आँखाको बीचमा
गोली लागेर बाँदर मरेछ । ठूलाले त्यसलाई त्यसै छाडी राख्न चाहेन र मरेको
बाँदरलाई पुच्छरमा समातेर तान्दै गाउँको गल्लीमा ल्यायो । त्यहाँ ल्याएर
बाटो छेवैको एउटा ढुङ्गामाथि
पछाडिपट्टिबाट लठ्ठीले अडयाएर त्यस बाँदरलाई बसेको झैं बनाई राख्यो । साँझतिर मानिसहरू कामबाट गाईगोरु र
भँसीहरूसँग फर्केर आउँदा पशुहरू तर्सिएर भाग्न लागे र मानिसहरू एक्कासि
भएको त्यस खैलबैलादेखि अत्तालिए । कही बेरपछि मात्र कारण पत्ता लाग्यो र
तिनीहरू एकैचोटि आफ्ना कोदाली, हलो र लौराहरूसँगै त्यस बाँदरमाथि झम्टिन
पुगे । तर पहिलो चोटमै त्यो बसिरहेको बाँदर पुकलुक्क ढल्दा तिनीहरू झन छक्क
परे । डिलमाथि बसेर ठूला मरीमरी हाँसेको देख्दा मात्रै पो तिनीहरूले आफूलाई
मूर्ख तुल्याइएको कुरा चाल पाए र सबै जना गललल हाँसे।"
२. नेपालका भूभागहरू भारत हुँदै जानुपर्ने समस्या
"सन् १८६६ को जून २७ का दिन आएको भूकम्पले सुदूर पश्चिमाञ्चलका बैतडी,
दार्चुला, बझाङ र बाजुराका अनेक भागमा क्षति पुर्याएको पुर्याएको थियो। रेडक्रसको उद्धार दलको सदस्यका हैसियतले सन् १९६६ को अगस्त
महिनामा मैले बैतडी भ्रमण गर्ने अवसर पाएँ। काठमाडौंदेखि ४८० किलोमिटर
पश्चिममा पर्ने बैतडी पुग्न भारतको भूमिबाट १,२०० किलोमिटर घुमेर आउनु
पर्दा नेपालभित्र यातायातको कति चर्को समस्या छ भने कुरा स्पष्ट हुन आयो।
हामी काठमाडौँबाट हवाईजहाजमा प्रस्थान गरी भारतको पटना,
बनारस हुँदै लखनउ उत्र्यौं। त्यहाँबाट रातभरको रेलयात्रापछि पिलभित पुगी
अर्को चार घण्टाको बसयात्रापछि महाकाली (शारदा नदीको पश्चिम किनारमा भारतीय
रेलको अन्तिम बिसौनीको रूपमा रहेको टनकपर पुगियो। टनकपरमा बस फेरेर
पिथौरागढका लागि सुरु भएको १५० किलोमिटर दरीको हाम्रो यात्रा पूरा गर्न
हामीलाई तीन दिन लाग्यो ।"
३. नेपालको दासप्रथाको हालसालैको इतिहास
"हामीले निकलसैनी भगवतीको स्थानीय मान (मन्दिर) हेयौँ । यो मन्दिर जिल्लाका
सातओटा मुख्य भगवती अथवा दुर्गा अथवा मालिका मन्दिरमध्ये एक थियो जहाँ
उहिलेउहिले देवीलाई चढाइएका देउकीहरू बस्थे । सन् १८२७ मा प्रधानमन्त्री
चन्द्रशमशेरले अब उप्रान्त कसैलाई पनि मन्दिरमा देवकन्या (देवताकी सेविका)
का रूपमा चढाइनेछैन भन्ने आदेश जारी गरी दास प्रथासमेत उन्मूलन गरेका थिए ।
नेपालमा त्यस बेला प्रचलित दास प्रथा लिएको ऋण तिर्न नसकी दास हुने खालको
थियो र यो प्रथा धेरै पछिसम्म प्रचलनमा रह्यो । सन् १९५६ मा स्वर्गीय श्री ५
महेन्द्रका भ्रमणका अवसरमा उत्तरी बैतडीबाट १५० जना दासलाई मुक्त गरिएको
थियो ।"
४. जुम्लालाई योगीको देन
"जुम्लामा पाइने प्रमुख बालीमा जौ, गहुँ, फापर र आलु हुन् । यसका साथै
भटमास, सिमी, बोडी. सर्य र लट्टे पनि उब्जिन्छन् । जुम्ला र यसको आसपासमा
रहेको सिन्जा उपत्यकामा धान पनि फल्छ र त्यहाँ धान पाँच शताब्दी अघि योगी
चन्दननाथले कश्मीरबाट ल्याएको किंवदन्ती छ। बाली रोपेर हुर्काउने बारेमा
त्यहाँका मानिसलाई विस्तृत समयतालिका दिएका थिए र त्यसलाई अद्यापि स्थानीय
जनता ठाउँठाउँमा केही फेरबदलका साथ अनुसरण गर्ने गर्दछन् । प्रशस्त
मात्रामा सिँचाइ सुविधा भएको जुम्लाका खेतहरू हिउँको अवस्था हेरी माघ १५ देखि चैत १५ गते सम्ममा जोतिन्छन् । खेतका
कुलाहरू सबै चैत ११ गतेसम्ममा मर्मत गरिन्छन् । दुई दिनपछि व्यासमा पानी
लगाइन्छ । धानको बीउ कुलामा चार दिनसम्म भिजाइन्छ र घरभित्र लगेर यसलाई
उम्रनका लागि चुलो नजिक न्यानोमा राखिन्छ । चैत २० गतेका दिन बीउ खेतमा
सारिन्छ र वैशाखमा खेतको डल्ला फुटाई जेठमा धानको बीउ खेतमा रोपिन्छ।"
५. महिलाको चुल्ठोमाथि कर
"मुगुका मानिसलाई छिमेकीहरू मुगाल भन्थे । यी मानिसहरू धेरै पुस्ताअगाडि
यहाँ बसाइँ सरेर तिब्बतबाट आएका र सुरुमा बसाइँ सरी दक्षिणतर्फ आउने सात
घरपरिवारको नेतृत्व छिगु रिम्पोचेले गरेको किंवदन्ती छ। भनिन्छ, यिनीहरूले
सन् १८५६ सम्म आफूले छोडेको ठाउँ तिब्बत छिचुम्कोरका 'जोङपेन' (शासक)लाई आइमाईलाई लाग्ने 'चुल्ठो रकम' र स्थानीय नेपाली
शासकलाई अन्य कर तिर्नुपर्यो ।"
६ शे-फोक्सुण्डो तालको अलौकिक सुन्दरता
"बाटो छहरामाथि पुग्दा हामील बहुरङ्गी भव्य दृश्य देख्यौं । हिमनदीले छोडेको
शान्त शृंखलामा हरियो सल्लाघारी र रिङ्गमोको खैरो जमिनले नीलो ताललाई
घेरेको थियो। ताललाई वरिपरि घेरेर सुरक्षा प्रदान गर्न चट्टान टुप्पाहरू
हिउँले ढाकिएका थिए । यो दश्य मैले धेरै बेर हेरिरहें र लुकेको यस
उपत्यकामा यसअघि आउने आगन्तुकहरूबारे सोच्न लागें। सन् १८५६ मा यहाँ आएर
डोल्पोमा प्रचलित बोन-पो धर्मको जीवन्त भावनालाई संसारका सामु राखिदिने
डेभिड स्नेल्ग्रोभले यहाँ आइपुगेपछि बल्ल बुद्धको स्वर्गमा 'असीम प्रकाश'
मा आइपुगें भन्दै यसरी बयान गरेका थिए, “पानीको किनारा चाँदीजस्तो टल्कने
भोजपत्रको बनेको छ अनि पानीको अलौकिक नीलो रङको पृष्ठभूमिमा हाँगामा चमचम
गर्दै चम्किने सेतोपना मैले जानेमध्ये सबैभन्दा स्वर्गीय आनन्द दिने वस्तु
हो।” गोसेझिन स्कारले सन् १८६२ मा यहाँ आएका बेला यसरी उद्गार व्यक्त गरेकी
छन्, “यस तालको पानी इटालीका पर्वतीय तालमा छँं विश्वासै गर्न नसकिने गरी
नीलमणिको जस्तो गाढा नीलो रङको छ। शान्ति र सुन्दरताको चरमबिन्दु । ताल यति
शान्ति र सुख दिने दृश्यले भरपूर छ कि म यस्तो सुखको मुहानबाट आफूखुसी
कहिले पनि जान सक्तिनँ ।"
७. हुम्लामा न्याय माग्ने तरिका
"सिमीकोटबाट हामी भोलिपल्ट बिहान चारओटा घोडा, दुई जना प्रहरी रक्षक, एउट
पथप्रदर्शक, दुई जना सयस र तीन जना कुल्ली लिएर हिड्यौँ । हामी गाउँको
पश्चिम भागमा पुगेका मात्र थियौं जहाँ हामीले मस्टा मन्दिरमुन्तिर सडकमा एक
जना मानिस पिठयूंमा ढुङ्गा बोकेर हातखुट्टा टेकी घस्रिरहेको देख्यौं । यो
न्याय खोज्ने स्थानीय चलन हो भन्ने कुरा हामीलाई प्रहरीले बताए। यसरी
न्यायका लागि बिन्ती गर्ने त्यहाँको अर्को प्रचलनअनुसार मानिसहरू मुखमा
घाँस हालेर जनावरजस्तै चार खुट्टाले टेकेर हिँड्ने र एक खुट्टा ठाडो गरी हात
जोडेर नमस्ते गर्ने चलन रहेछ । ढाडमा ढुङ्गा राखेर न्याय खोज्न हिडेको त्यस
मानिसका नातेदारहरूले खोल्ची गाउँमा भएको उसको बारी जबर्जस्ती हड्पेको
गुनासो गर्यो ।"
८. पोखरामा यातायातका साधनको इतिहास
"हिमालपार व्यापारका लागि पोखरा एक महत्त्वपूर्ण भण्डारस्थल र पुरानो
पूर्व-पत्रिका सडकको उद्भवस्थल भएको छ। एउटा चाखलाग्दो कुरा के छ भने
पोखरामा आधनिक यातायातका साधन उल्टो क्रममा पुगेका हुन् । सबैभन्दा पहिले
सन् १८५२ मा हवाईजहाज पुग्यो, त्यसपछि सन् १८५७ मा जीप पुग्यो र अन्तमा सन्
१८६१ मा गोरुगाडा पुग्यो।"
९. प्रगतिशील गाउँ धम्पुस डाँडागाउँ
"प्रगतिशील गाउँलेहरूले साँझमा साक्षरता कक्षा सञ्चालनमा बाधा पारेकोले रोदी
घर (गाउने घर) को प्रथा हटाएको र पाँचदिने पेर्य वा अर्घुं (मृत्यु संस्कार)
लाई फजुलखर्च रोक्न एक दिनमा सिध्याउने चलन बनाएको कुरा मैले थाहा पाएँ।"
१०. सबै जातको फूलबारी
"देवघाटमा जात्राका लागि सबैतिरका बाटा आएर मिल्दथे । बस, ट्रक, ट्याक्टर,
डुङ्गा बाट र पैदल आएका अपार जनसमूहको त्यहाँ ओइरो लागेको थियो। सखवाको
बाक्लो जङ्गल मानिसहरूको खल्याङमल्याङ र मोटरको चर्को आवाजले जीवन्त भएको
थियो। नदीतिर जाने बाटोमा रूखपातले बनेका कटेराका लाइन थिए । अनेकौं
कटेराहरू त्रिशूली गण्डकी फराकिला किनारमा नदीका दुवैतिर थिए। राति बगरमा बालेको दाउराको आगो र लालटिनको उज्यालो नदीभित्र प्रतिबिम्बित भई अझ बढी
उज्यालो देखिन्थ्यो। देवघाटमा एकत्र भएका मानिसहरू असङ्ख्य किसिम, थर र
जातिका थिए । लँगाैटी लगाएका माझी र कुमाल थिए, साधारण सुती कपडामा थारू र
दराई थिए अनि चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, छेत्री र बाहुन पहाडी
मानिसका वेशभूषामा थिए । आइमाईहरू बढी रङ्गीन पोसाकमा थिए। तामाङ र नेवारका
नीला रङ थिए भने मगर या गुरुङका धमिलो खैरो-रातो अनि हिन्दू बाहुन-छेत्री
रातो रङका लुगा थिए । चुल्ठो राखेका स्थानीय थारू र माझी आइमाईहरूले कौरीको
माला र रङ्गीन प्वाला लगाएका थिए।"